Advertisement GIF

नेपाली इतिहास लेखनको परम्परागत र एकात्मक धारलाई चुनौती दिँदै राज्यको आँखाले नदेखेको ‘सीमान्त’ समाजको कथालाई प्राज्ञिक धरातलमा उतार्ने एक विद्रोही तथा दूरद्रष्टा इतिहासकार हुन्— इमानसिङ चेम्जङ। आज उनको १२३ औँ जन्मजयन्ती मनाइरहँदा हामी  केवल एक विद्वान्‌लाई   मात्र होइन, नेपाली इतिहास लेखनलाई ‘सबाल्टर्न’ (सीमान्त) र बहुलवादी दृष्टिकोण दिने एउटा युगलाई सम्झिरहेका छौँ।         

              विलास योङया

विलास योङया

नेपाली इतिहास लेखनको परम्परागत र एकात्मक धारलाई चुनौती दिँदै राज्यको आँखाले नदेखेको ‘सीमान्त’ समाजको कथालाई प्राज्ञिक धरातलमा उतार्ने एक विद्रोही तथा दूरद्रष्टा इतिहासकार हुन्— इमानसिङ चेम्जङ। आज उनको १२३ औँ जन्मजयन्ती मनाइरहँदा हामी  केवल एक विद्वान्‌लाई   मात्र होइन, नेपाली इतिहास लेखनलाई ‘सबाल्टर्न’ (सीमान्त) र बहुलवादी दृष्टिकोण दिने एउटा युगलाई सम्झिरहेका छौँ।                                                                                                       नेपाली इतिहास लेखनको आकाशमा चेम्जङ एक यस्ता प्रथम आदिवासी नेपाली इतिहासकार हुन्, जसले स्वयं आदिवासी समुदायको गर्भबाट निस्किएर आफ्नो इतिहास आफैँ लेख्नुपर्छ भन्ने चेतलाई संस्थागत गरे।

इमानसिंङको जन्म सन् १९०४ जनवरी १ मा कालेबुङमा पिता मेघवरसिंह र माता दावापुहाङ्माको जन्तरे छोराको रुपमा भएको थियो । उनले कालेबुङकै स्थानीय विद्यालयबाट म्याट्रीकुलेसन र कलकताको सेन्टजेभियर कलेजबाट आई. ए. उतीर्ण गरेका थिए । यो त्यो समय थियो जब भारतमा बेलायती शासनविरुद्ध बौद्धिक आन्दोलन चर्किएको थियो र नेपालमा राणा शासनको कठोर नियन्त्रण थियो। कलकत्ताको बसाई र त्यहाँको प्राज्ञिक वातावरणले चेम्जङमा आफ्नो पहिचान र पुर्खाको गौरवप्रति गहिरो जिज्ञासा पैदा गर्‍यो। उनले महसुस गरे कि नेपाली इतिहासको नाममा जे लेखिएको छ, त्यसमा उनको समुदाय र अन्य आदिवासीहरूको कुनै स्थान छैन। त्यहाँ केवल शासकहरूको वंशावली र गाथाहरू थिए। यही रिक्तता भर्नु नै उनको जीवनको एक मात्र लक्ष्य बन्यो।

तत्कालीन इतिहास लेखन केवल ‘अर्काइभल’ वा लिखित कागजमा मात्र आधारित थियो, जसले लेख्न नजान्ने वा राज्यको मूलधारमा नभएका जातिहरूको हजारौँ वर्ष पुरानो अस्तित्वलाई नकार्थ्यो। चेम्जङले यही एकात्मक र सत्ता-केन्द्रित भाष्यमाथि तथ्य र तर्कका आधारमा पहिलो बौद्धिक हस्तक्षेप गरे।

                                                                                                                                                                                                                                                     उनले इतिहासलाई राजाले जारी गरेको ‘लालमोहर’ मा मात्र खोजेनन्, बरु धान नाच्दा गाइने ‘पालम’ र मृत्यु संस्कारमा गाइने ‘साम्लो’ मा खोजे। उनले देखाए कि आदिवासी समुदायको इतिहास ‘चक्राकार’ (Cyclical) हुन्छ, जहाँ पुर्खा र प्रकृति सधैँ वर्तमानसँग जोडिइरहन्छन् 

 

उनको सबभन्दा विशिष्ट योगदान भनेको मौखिक परम्परा (Oral Tradition) लाई इतिहासको भरपर्दो स्रोतका रूपमा स्थापित गर्नु हो। मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिकोणले पनि आज संसारभरि ‘ओरल हिस्ट्री’ लाई लिखित इतिहास जत्तिकै मान्यता दिइन्छ। शताब्दीयौँदेखि पुस्तान्तरण हुँदै आएका मुन्धुम, लोककथा, संस्कार र स्थानीय मिथकहरू केवल काल्पनिक कथा मात्र होइनन्, ती त मानव विकासका जीवित दस्ताबेज हुन् भन्ने तथ्य उनले वैज्ञानिक रूपमा व्याख्या गरे। उनले प्रमाणित गरिदिए कि लिखित प्रमाण नहुँदैमा कुनै समुदाय इतिहासविहीन हुँदैन; समुदायका ओठ र स्मृतिमा सुरक्षित रहेका ज्ञानका भण्डारहरू नै वास्तविक इतिहासका आधार हुन्। उनको यो तर्कले इतिहास लेखनको ‘ग्रान्ड न्यारेटिभ’ लाई भत्काएर ‘सबाल्टर्न’ दृष्टिकोणलाई बल दियो।

चेम्जङले मुन्धुमलाई केवल धार्मिक ग्रन्थका रूपमा मात्र हेरेनन्, बरु यसलाई किरात सभ्यताको ‘एपिस्टेमोलोजी’ (ज्ञान उत्पादनको ढाँचा) का रूपमा व्याख्या गरे। मुन्धुमभित्र सृष्टिको उत्पत्ति, मानिस र प्रकृतिको सम्बन्ध, र सामाजिक न्यायका दर्शनहरू लुकेका छन् भन्ने उनको ठम्याई थियो। उनले संकलन गरेको मुन्धुमले देखाउँछ कि किरातहरूका लागि प्रकृति नै ईश्वर हो र प्रकृतिसँगको सामञ्जस्यता नै जीवनको उद्देश्य हो।

उनले इतिहास लेखनलाई ‘इन्डिजिनियस एपिस्टेमोलोजी’ (मौलिक ज्ञान प्रणाली) मा उभ्याए। उनले इतिहासलाई राजाले जारी गरेको ‘लालमोहर’ मा मात्र खोजेनन्, बरु धान नाच्दा गाइने ‘पालम’ र मृत्यु संस्कारमा गाइने ‘साम्लो’ मा खोजे। उनले देखाए कि आदिवासी समुदायको इतिहास ‘चक्राकार’ (Cyclical) हुन्छ, जहाँ पुर्खा र प्रकृति सधैँ वर्तमानसँग जोडिइरहन्छन्। यो पश्चिमीहरूको ‘रेखात्मक’ (Linear) समय रेखाभन्दा फरक तर बढी मौलिक र जीवन्त छ।

चेम्जङको दृष्टिकोण मूलतः पश्चिमी इतिहासले निर्माण गरेको “तथ्य–केन्द्रित” परम्परासँग सीधा असहमतिमा उभिन्छ। पश्चिमी इतिहासका पिता मानिने लियोपोल्ड भोन राँकेले “इतिहास भनेको केवल भौतिक प्रमाण र कागजी दस्तावेजबाट पुष्टि हुने तथ्य हो” भन्दै लिखित प्रमाणलाई मात्र सत्य मानेका थिए।

तर, चेम्जङले यसलाई उल्ट्याउँदै स्पष्ट पारे कि मानव सभ्यताको विकासक्रममा भौतिक प्रमाणहरूको आयु निकै छोटो छ; जबकि समाजको सामूहिक स्मृति र मुन्धुमी ज्ञानको शृङ्खला हजारौँ वर्ष पुरानो छ। उनले प्रश्न गरे— यदि इतिहास केवल भौतिक तथ्यबाट मात्र मान्य हुन्छ भने, हजारौँ वर्षदेखि जीवित मौखिक सभ्यताहरूले इतिहासमा कहिल्यै प्रवेश पाउने कि नपाउने? यदि इतिहास शासकहरूले मात्र लेख्ने हो भने आम जनताको वास्तविक कथा कहाँ हराउँछ? यो प्रश्न ई.एच. कार, हावर्ड जिन र रणजित गुहा जस्ता वैश्विक विद्वानहरूको प्रतिरोधी विमर्शसँग मेल खान्छ।

 

                                                                                                                   चेम्जङको विशिष्ट योगदान भनेको मौखिक परम्परा (Oral Tradition) लाई इतिहासको भरपर्दो स्रोतका रूपमा स्थापित गर्नु हो। मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिकोणले पनि आज संसारभरि ‘ओरल हिस्ट्री’ लाई लिखित इतिहास जत्तिकै मान्यता दिइन्छ। शताब्दीयौँदेखि पुस्तान्तरण हुँदै आएका मुन्धुम, लोककथा, संस्कार र स्थानीय मिथकहरू केवल काल्पनिक कथा मात्र होइनन्, ती त मानव विकासका जीवित दस्ताबेज हुन् भन्ने तथ्य उनले वैज्ञानिक रूपमा व्याख्या गरे।

 

चेम्जङ केवल एक लेखक मात्र थिएनन्, उनी एक सामाजिक र राजनीतिक चिन्तक पनि थिए। उनले आफ्नो लेखनमार्फत ‘किपट’ व्यवस्थाको ऐतिहासिक र आर्थिक व्याख्या गरे। उनले देखाए कि किपट केवल जमिनको भोगचलन मात्र होइन, बरु यो त आदिवासीहरूको स्वशासन, पहिचान र भूमिमाथिको सामूहिक अधिकारको नमुना थियो।

भू-राजनीतिक दृष्टिले किपट व्यवस्था एक प्रकारको विकेन्द्रीकृत शासन प्रणाली थियो, जहाँ समुदायले आफ्नै स्रोत र साधनमाथि अधिकार राख्दथे। पछि आएको केन्द्रीकृत राज्य सत्ताले कसरी यो ऐतिहासिक अधिकारलाई कानुन र राजनीतिको आडमा ओझेलमा पार्दै आदिवासीहरूलाई आफ्नै भूमिमा सुकुम्बासी बनायो भन्ने कुरा उनले साहसका साथ उजागर गरे। उनले सन् १९५३ मा ‘लिम्बुवान सुधार संघ’ स्थापना गर्नुको पछाडि पनि यही ऐतिहासिक अन्यायलाई सच्याउने उद्देश्य लुकेको थियो।

चेम्जङले आफ्नो जीवनको ठूलो हिस्सा फिल्ड-अध्ययनमा बिताए। उनी पहाडका गाउँहरू, सिक्किम, दार्जिलिङ, भुटान र म्यानमारसम्म पुगेर हराउन लागेका पाण्डुलिपि र मौखिक कथाहरू संकलन गरे। सन् १९४८ मा प्रकाशित ‘किरात इतिहास’ देखि ‘किरात साहित्यको इतिहास’ (१९५५), ‘किरात लोककथा’ (१९६१), र ‘किरात मुन्धुम’ (१९६१) जस्ता ग्रन्थहरूले नेपाली वाङ्मयलाई एउटा नयाँ आयाम दिए।

उनले तयार पारेको ‘लिम्बु-नेपाली-अंग्रेजी शब्दकोश’ ले लिम्बु भाषालाई प्राज्ञिक मर्यादा दिलायो। सन् १९६१ मा त्रिभुवन विश्वविद्यालयमा ‘किरात भाषा तथा संस्कृति विशेषज्ञ’ को रूपमा उनको नियुक्ति नेपाली प्राज्ञिक इतिहासमै एउटा कोशेढुङ्गा थियो। पञ्चायती व्यवस्थाले ‘एक भाषा, एक भेष’ को नीति लिइरहेका बेला उनले विश्वविद्यालयभित्रै बसेर बहुलताको वकालत गरे।

इतिहासमा कुनै पनि व्यक्ति पूर्ण हुँदैन। चेम्जङका कार्यहरूमा पनि केही प्राज्ञिक आलोचनाहरू हुने गरेका छन्। केही विद्वानहरूले उनले मुन्धुम अनुवाद गर्दा कतिपय ठाउँमा क्रिश्चियन वा हिन्दू धार्मिक शब्दावली प्रयोग गरेको आरोप लगाउँछन्। तर, प्राज्ञिक विश्लेषणका अनुसार त्यतिबेला मुन्धुमका गहिरा अर्थ खोल्न सक्ने जानकारहरूको अभाव, भाषिक रूपान्तरणको जटिलता र आधुनिक उपकरणको अनुपलब्धता जस्ता प्राविधिक बाध्यताले यी सीमितता सिर्जना गरेका हुन्।

इतिहासकार इमानसिङ चेम्जङ

 

 

मौखिक इतिहासका वैश्विक अग्रदूत जान भान्सिनाले भने झैँ, “कागजको अभाव हुनुको अर्थ विगतको अभाव हुनु होइन।” त्यसैले केही प्राविधिक त्रुटिलाई आधार बनाएर उनको विशाल योगदानलाई न्यून आँक्नु इतिहास स्वयंप्रति अन्याय ठहरिन्छ। उनको नियत ऐतिहासिक सत्यको खोजी गर्नु नै थियो।

मुलुक राजतन्त्रको दरबारीया प्रणालीबाट मुक्त भएर संघीय गणतान्त्रिक स्वरूपमा अभ्यास गरेको दुई दशक पुग्न लाग्दा समेत नेपाली इतिहासको समन्यायिक व्याख्यामा राज्यले चासो नदेखाउनु दुर्भाग्यपूर्ण छ। अहिलेको नेपालमा देखिएको राजनीतिक अस्थिरता र सामाजिक द्वन्द्वको एउटा मुख्य कारण इतिहासप्रतिको यही ‘नजरअन्दाज’ हो। इतिहासलाई दरबारका पुराना फाइल र अर्काइभभित्र मात्र कैद गरिरहनुले पहिचान–द्वन्द्व र सामाजिक विभाजनलाई मलजल गरिरहेको छ। इतिहासको वस्तुपरक व्याख्या, विश्लेषण र यसका सबल तथा दुर्बल पक्षबाट वर्तमान पुस्ताले शिक्षा लिएर नयाँ युगको खाका कोर्नु नै आजको प्रमुख दायित्व हो। जबसम्म राज्यले आदिवासी स्मृति र मौखिक परम्परालाई इतिहासको मान्यता दिँदैन, तबसम्म नेपालको इतिहास अपुरो रहिरहनेछ। इमानसिंह चेम्जोङको बहुआयामिक योगदानलाई सम्मान गर्दै स्वदेश तथा विदेशमा विभिन्न प्रशंसनीय कार्यहरू भएका छन्।

उनी बारम्बार भन्थे—“यदि हामीले हाम्रो इतिहास आफैँ लेखेनौँ भने, अरूले लेखिदिने इतिहास फेरि हाम्रो हुनेछैन।” यही चेतना आज आदिवासी–जनजातीय बौद्धिक आन्दोलन र सांस्कृतिक पुनर्जागरणको जग बनेको छ। आफ्नो सम्पूर्ण जीवन किरात लिम्बू याक्थुङ भाषा, साहित्य, संस्कृति, लिपि र मुन्धुमी दर्शनको पुनरुत्थानमा समर्पित गरेका यी युगपुरुषको अन्तिम यात्रा पनि कर्मथलो र जन्मथलोको सेरोफेरोमै टुङ्गियो। आजीवन खोज र अनुसन्धानमै तल्लीन रहेका चेम्जङ दार्जिलिङमा स्वास्थ्योपचारकै क्रममा २०३३ साल असोज २२ गते ७१ वर्षको उमेरमा अस्ताए। भौतिक रूपमा ओझेल परे पनि आफ्नो अद्वितीय प्राज्ञिक योगदानमार्फत अमरत्व प्राप्त गरेका इमानसिङ चेम्जङ नेपाली इतिहासका एक देदीप्यमान विभूति र सच्चा युगपुरुष हुन्। चेम्जङले गरेका बौद्धिक विद्रोह र ‘आफ्नो इतिहास आफैँ लेख्ने’ चेतना आजको पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ।

नेपाल सरकारले उहाँको प्राज्ञिक र ऐतिहासिक उचाइलाई राष्ट्रिय गौरवको रूपमा स्वीकार गर्दै वि।सं। २०५५ ९सन् १९९८० मा उहाँको तस्बिर अंकित १ रुपैयाँ दरको हुलाक टिकट प्रकाशन गरी उहाँलाई उच्च राजकीय सम्मान प्रदान गरेको छ। शिक्षाको क्षेत्रमा पनि उहाँको योगदानलाई चिरस्थायी बनाउन शिक्षा मन्त्रालयले कक्षा १० को नेपाली पाठ्यपुस्तकमा उहाँको जीवनी समावेश गरेको छ, जसले नयाँ पुस्तालाई उहाँको त्याग, अध्ययनशीलता र अनुसन्धान यात्राबारे सुसूचित गराउँदै आएको छ।

निष्कर्षमा, इमानसिङ चेम्जङले देखाएको बाटो नै नेपाली इतिहास लेखनलाई न्याय गर्ने एक मात्र सही र न्यायसंगत मार्ग हो। जबसम्म राज्यले दरबारिया दस्तावेजका पहेँला पानाहरूबाट बाहिर निस्किएर गाउँबस्तीका मौखिक परम्परा र आदिवासी स्मृतिहरूलाई इतिहासको मान्यता दिँदैन, वैज्ञानिक व्याख्या,विष्लेष्ण जस्ता खोज कर्मममा लगानी हुँदैन तबसम्म नेपालको इतिहास अपुरो, एकाङ्की र अन्यायपूर्ण रहनेछ। चेम्जङको १२३ औँ जन्मजयन्तीमा उनलाई सम्झनु भनेको दमित सीमान्तमा पारिएका आवाजहरूलाई सुन्नु र इतिहासलाई सबैको साझा अनुहार झल्कने ऐना बनाउनु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हो। –