निजामती सेवामा सरुवामा हुने विभेदलाई राम्रोसँग बुझ्दै गएँ। आफ्ना मान्छे नहुनेको भनसुन पुग्दैनथ्यो र छनौटोमा उसको सरुवा हुन्थ्यो।मेरो सरुवामा पनि त्यस्तै भएको थियो। राजनीति र प्रशासन दुबैतर्फ उच्च तहमा मेरा आफ्ना कोही मान्छे थिएनन् र मैले काठमाडौं वरपर सरुवा माग्दा कहिल्यै पाइनँ। प्रायः अरुले छोडेको ठाउँमा नै मेरो सरुवा हुन्थ्यो, जति मिलाउन खोजे पनि सक्ने थिइनँ र अन्तिममा म त्यतै जान्थेँ।स्नातकोत्तर नगरी पदोन्नति हुन नसकिने कुरा ढिलो गरी थाहा पाएँ।ढिलै भएपनि वि.सं. २०६० मा सिभिल इन्जिनियरिङमा स्नातकोत्तरको लागि बेल्जियम जान सकेँ।त्यहाँबाट स्नातकोत्तर गरेर आई परिमार्जित दृष्टिकोणका साथ ऊर्जाशील भएर नेपाललाई पनि युरोप, अमेरिका जस्तै बनाउनुपर्छ, गरे के हुँदैन ?भन्ने सोच्थेँ र त्यसैगरी काम गर्ने जोस जाँगर पनि आउँथ्यो।तर, गर्न सकिने अवस्था भने खासै हुने थिएन। यहाँको वातावरण नै विकासका लागि सकारात्मक थिएन, जो अद्यापि त्यस्तै छ।
देश अन्धकार मुक्त भयो भनिन्छ । र, यही विषयमा लेघ्रो तानेर नेताहरुका भाषण सुनिन्छन् । तर, हविगत भने अलग छ । नेताहरु जनता मुक्त भए, कार्यकर्ताका भोट मुक्त भए तर त्यहाँका जनताका बिडम्बना कहिले मुक्त भएनन् । खै अझै कति दिन बिताउने हुन् जनताले थाहा छैन । सरकारको हेर्ने नजर नपरेको हो कि ? नेताले गर्न नचाहेका हुन् ? त्यो वास्तविक थाहा पाउनै सकिएको छैन । अब कालिकोटेहरु त्यो दिन को पर्खाइमा छौ, जहाँ दिनभरी काम गरेको थकाइ साँझ उज्यालो बत्तिसँगै हँसिलो अनुहार मा बस्न पाइयोस् ।
यी सबैमध्ये चीनको उदय सबैभन्दा उल्लेखनीय छ। केही दशकअघिसम्म गरिबी र पिछडिएको छवि बोकेको चीन अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनिसकेको छ। उसले अत्यधिक गरीबी अन्त्य गरेको छ, प्रविधि, अनुसन्धान, र सैन्य शक्ति क्षेत्रमा ठूला फड्काहरू मारेको छ। ऐतिहासिक रूपमा पनि चीन विश्व सभ्यताका केन्द्रहरूमध्ये एक थियो। अठारौँ शताब्दीमा चीनले विश्व न्म्ए को करिब एक तिहाइ हिस्सा ओगटेको थियो। तर आन्तरिक कलह र विदेशी हस्तक्षेपका कारण त्यसको गौरव हराएको थियो। आज चीन फेरि उठेको छ — राष्ट्रिय अपमानको अवशेषबाट उभिएर विश्व शक्तिको रूपमा पुनर्जन्म लिएको छ।
यो चुनाव केवल बिहार कसले शासन गर्ने भन्ने विषयमा मात्र होइन, बरु लामो समयदेखि गरिबी र पिछडापनका कारण रूढिवादी सोच र रूढिबद्ध राज्यको मनोवैज्ञानिक गर्व पुनःस्थापना गर्ने विषयमा पनि हो।किशोरको गरिमाको आह्वान, रोजगारको खोजीमा विदेश पलायन भएका बिहारका युवाहरूको अपमान उल्टाउने परिवर्तनको नारा बनेको छ।औद्योगिक वृद्धि, गुणस्तरीय शिक्षा, र सीप विकासमार्फत पलायन रोक्ने उनको कथा विशेष गरी युवा र शहरी मतदाताहरूबीच व्यापक प्रतिध्वनि पाएको छ। धेरैका लागि, किशोर नयाँ राजनीतिक व्याकरणको प्रतिनिधित्व गर्छन्, जसले जनवादभन्दा प्रदर्शन र पहिचानभन्दा शासनलाई प्राथमिकता दिन्छ। उनको पार्टी ठूलो जित हासिल नगरे पनि उनले राजनीतिक विमर्शलाई परिवर्तन गरिसकेका छन्। नागरिकको चासो र जवाफदेहितालाई प्राथमिकतामा राखेर उनले बिहारमा नेतृत्व कस्तो देखिन सक्छ भन्ने कुरा पुनःपरिभाषित गरेका छन्।
यो संयम कानुनीमात्र होइन, रणनीतिक पनि थियो । प्रहरीभन्दा फरक, नेपाल सेनाको उपस्थिति स्वयं शक्तिशाली मनोवैज्ञानिक प्रभाव पार्छ । सेनाको परिचालनले सामान्य राजनीतिक संकटलाई राष्ट्रिय आपतकालमा रूपान्तरण गर्छ । दशकौँ लामो द्वन्द्व भोगेको राष्ट्रमा, राष्ट्रिय झण्डा फहराउँदै राष्ट्रगीत गाउँदै प्रदर्शन गरिरहेका युवाहरूसँग सेनाको मुठभेडले नागरिक अशान्तिलाई गृहयुद्धमा परिणत गर्न सक्थ्यो ।
कमाण्ड सम्हालेका अधिकारीहरूले मूल्यांकन गरे, यदि एकमात्र गलत गोली चल्दा पनि नागरिक हताहती भयो भने सेनाको विश्वसनीयता, जसलाई अझै जनताले भरोसा गर्छन्, गम्भीर रूपमा ह्रास हुन सक्थ्यो । अर्कोतर्फ, सैनिकहरू नै हताहत भए भने जनभावनाको विस्फोटले परिस्थितिलाई अझ भयावह बनाउँथ्यो ।
नेकपा माले हुँदै नेकपा एमालेको अध्यक्ष र देशको प्रधानमन्त्री भइसकेका खनाल, माधवकुमार नेपालको ‘पिछलग्गु’ भएर नेकपा समाजवादीमा पुगे। त्यहाँ माधवकुमार नेपाल अध्यक्ष भए र सम्मानित नेताका रूपमा मान र पदवी पाए पनि उनको पार्टी राष्ट्रिय पार्टी बन्न सकेन। माधवकुमार नेपाल ९माकुने० बाट सधैं तिरस्कृत खनाल अन्ततः माकुनेलाई छोडेर पार्टीका महासचिव घनश्याम भुसालसँग मिलेर अगाडि बढ्ने उद्घोष गरे। तर, त्यस्तो उद्घोष गरेको एक दिन नबित्दै उनी माओवादी अध्यक्ष प्रचण्डसँग मिल्न पुगे। अर्थात उनी कडा माओवादी भएर यही कात्तिक १९ गते उदाएका छन्। अब उनी ‘चैते कांग्रेस’ झैँ ‘कात्तिके माओवादी’ बनेका छन्।
यो सतिप्रथाजस्तो मानव सभ्यताको वरवर कुरीति लामो समय अगावै उन्मुलन भइसकेको अवस्थामा सकारात्मक दिशान्मुख व्यवहार र कार्यशैली अपनाउन दुरुत्साहित गर्ने यो भनाइलाई हामी सबैले बिर्सेर आवश्यक र सम्भव छ भने यसको कुनै धार्मिक, रीतिरिवाज एवं प्रचलनबाट ती सति जाने मृत आत्माहरुको शान्तिको लागि सम्बोधन गर्न केही उपायहरुसमेत अवलम्बन गरेर आ–आफ्नो भूमिका र जिम्मेवारी राष्ट्रिय हितलाई सर्वाेपरी ठानी निर्वाह गर्दै जाने हो भने यो मातृभूमी सुन्दर नेपाल केमा कमी तथा कमजोरी कहाँ छ र ? हामी सबै एक स्वरमा भनौँ ‘सतिले सरापेको हैन मेरो सुन्दर देश नेपाल’ अनि आजैबाट यही तथ्यलाई मनन् गर्दै आ–आफ्नो कर्ममा लागौँ ।
-दुर्गा प्रसाईँ इतिहास र पौराणिक कथाले प्रमाणित गर्छ, राष्ट्रको पतन सधैं बाहिरी शत्रुले होइन, भित्रैका केही गलत व्यक्तिले गर्छन्। सत्ययुगमा हिरण्यकश्यपको घमण्डले आफ्नै राज्यमा अधर्म फैलियो। त्रेतायुगमा रावणको अहंकारले सुनको लङका भष्म भयो। द्वापरयुगमा दुर्योधनको अन्यायले हस्तिनापुर र लाखौँ जीवन विनाश भए। यी सबै उदाहरणले देखाउँछन्, जब एक व्यक्तिमा लोभ, द्वेष र अधर्म बस्छ, तब
देशको संघीय शासन व्यवस्थामा स्थानीय र संघीय सरकारबीच समन्वयअभाव यथावत छ । काठमाडौं महानगरजस्तो ठूलो जनघनत्व रहेको र देशकै राजधानी पनि भएको निकायको प्रमुख बालेनले राजधानीमा देखिने समस्या र तत्कालीन समाधानका लागि सीधा कार्यनीति चाहन्छन्, तर संघीय प्रशासनिक संयन्त्र तुलनात्मक रूपमा ढिलो गतिमा अघि बढ्ने र यस्तो कार्यशैली बालेनलाई मन नपरेको भन्नेको संख्या पनि देखिन्छ ।
बालेनले नेपाल प्रहरीबाट अवकास पाएकी मिरा चौधरीलाई गृहमन्त्री बनाउने र हालका गृहमन्त्री अर्याललाई कानुन मन्त्रीमा पठाउनु पर्ने सुझाव आफ्ना मानिसमार्फत प्रधानमन्त्री कार्कीलाई दिएको चर्चा पनि बजारमा चलेकै छ ।
आफू हाकिम भएपछि कारिन्दा/कर्मचारी हँुदाको समय, चाहना र भावना बिर्सने, सासु भएपछि बुहारी भएको बिर्सने, केही प्राप्तिको लागि लामो लाइनमा बस्दाको थकान र पिडा गन्तव्यमा पुग्ने वित्तिकै बिर्सने, नेता भएपछि मतदाता र कार्यकर्ता भएको बिर्सने, अनि यस्तै यस्तै अरुले गरेको नकारात्मक क्रियाकलाप, व्यवहार अनि अनियमित कर्म मन नपराउने तर आफूले त्यही गर्ने कस्तो म ? राम्रा म कि नराम्रो म ? यस्तै
यस्तै हाम्रा क्रियाकलाप एवम् गतिविधि हुँदो हो भने म लाई नराम्रो म भनिनु पर्ने हैन र ? तर म लाई राम्रो म भनिएको पक्का पनि सबै म हरु राम्रो हुनु पर्दछ, सहि हुनु पर्दछ, सकारात्मक हुनु पर्दछ भन्ने नै हुनु पर्दछ । देखिने र हेरिने मात्र नभएर सबै म अन्तर मनबाट नै राम्रो हुनु पर्दछ भन्ने नै आशय यहाँ प्रतिविम्वित भएको हो ।
शिक्षा क्षेत्रमा विकास नभएका होइनन् पुरानै पाठ्यक्रमलाई पहिलो वर्षको दोस्रो वर्षमा दोस्रो वर्षको तेस्रो वर्षमा तेस्रो वर्षको पहिलो वर्षमा सारेर पाठ्यक्रम परिमार्जन पनि भएको छ तर यो परिमार्जन देखाउनलाई मात्र भएको परिमार्जन हो। यसले विद्यार्थीको शैक्षिक उपलब्धिमा फरक पार्दैन । एकताका पाठ्यक्रमहरू परिमार्जित भए , योजनाहरू राम्रै बनाइए तर नियमनमा शून्यता छायो। २५ पूर्णाङ्कको प्रयोगात्मक मूल्याङ्कन टाउको गनेर अथवा टाउको हेरेर दिइन्छ । थोरै भएमा विद्यालय प्रशासनले शिक्षकलाई अङ्क बढाइदिनुस् भनेर निर्देशन दिन्छ । यो तरिकाको प्रयोगात्मक परीक्षाले कस्तो उपलब्धि ल्याउँछ भन्ने विषय आफैमा अनौठो प्रश्न हो।
चौतर्फी आलोचना भएपछि झण्डै एक साता भूमिगत भएका गुरुङ यही तिहारको भाइटीकाका दिन माइतीघर मण्डलामा उदाए र भने, ‘घरको झगडा घरमै राखौं, भारतमा गएर ढ्याङ्ग्रो नठोकौं ।’ आन्दोलनसँगै सुदन भारतीय नागरिक भएको आरोप लाग्यो । जसलाई उनले सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिए र आफू गोर्खाबाट नागरिकता प्राप्त गुरुङको छोरो भएको बताए । जानकारहरुका अनुसार उनको नागरिकतामा पनि कैफियत देखिन्छ । किनकि उनले करिव ७ वर्षअघि अर्थात तीनको नेटो कटेपछिमात्र नागरिकता लिएका हुन् । ‘गुरुङले किन १६/१७ वर्षमा नागरिकता नलिएर ३० वर्ष कटेपछि लिए ?’– एक समूहले शंकाको बिजारोपण गरेको छ ।
यो आन्दोलनले नेपालको शासकीय संयन्त्र र नेतृत्वलाई तीन वटा सन्देश दिएको छ । डिजिटल स्वतन्त्रता अब मौलिक अधिकारको हिस्सा हो, युवाको आवाज दबाउने होइन, समेट्ने प्रयास गरिनुपर्छ र विदेशी प्रभावको सम्भावनालाई नजरअन्दाज गर्नु हुन्न अनि आफ्नै कमजोरी पहिल्याउनु झन् जरुरी छ।
अन्ततः, जेनजी आन्दोलनले नेपालको राजनीतिक प्रणालीलाई एउटा सचेत गराउने घण्टी बजाएको छ। यो केवल विद्रोह थिएन । यो नयाँ नेपालका लागि नयाँ पुस्ताको एक खाका हो। यो जेनजी पुस्ताको वा अब आउने जेन अल्फा वा बिटा पुस्ताको किन नहोस्, राजनीतिक दलका नेता, कर्मचारी र नीति निर्माण तहमा रहने व्यक्तिले देशको अहितमा काम गरेको खण्डमा यस्तै विध्वंस र मानवीय क्षति भोग्ने ठूलाठूला आन्दोलन नहोलान् भन्न सकिन्न ।
उग्र आन्दोलनको अवस्थाले विधानलाई टेकेर अनेक निर्णयहरू लिँदा, माथिका कुराहरूमा पनि विचार गर्न सकिन्थ्यो। महाभारतमा गङ्गापुत्र भीष्मले आफ्नो प्रतिज्ञालाई मात्र प्राथमिकता दिएको परिणाम थियो महाभारत। नियम–कानुन समयअनुसार परिवर्तन नगरे त्यसले युद्ध निम्त्याउँछ। विधानको एउटा परिधि हुन्छ। एउटा कालखण्डभित्रको विधान युगयुगान्तर स्थायी रहँदैन। परिवर्तनको खाँचो हुन्छ। तर परिवर्तन ल्याउने को? नेतृत्व कसको? अब के होला? आशावादी नेपाली जनता कुनै ठूलो परिवर्तनको आश गर्दैछन्। समग्र देशको राजनीतिमा सकारात्मक परिवर्तन नआएमा यत्रो बलिदान केवल लङ्गुर्बुर्जा खेल्न मात्र गरिएको जस्तो हुनेछ।
भीड नियन्त्रण र सुरक्षा व्यवस्थापनका बेला सेनाले बल प्रयोगभन्दा बढी संवाद, संयम र सहकार्यको रणनीति अपनायो, जसले परिस्थितिलाई थप जटिल हुनबाट बचायो। यस अवधिमा सेनाले स्थानीय प्रशासन, प्रहरी, मानव अधिकारकर्मी र समुदायका प्रतिनिधिहरूसँग नजिकको समन्वय गर्दै तनावग्रस्त क्षेत्रहरूमा मानव जीवन र सार्वजनिक सुरक्षाको रक्षामा ध्यान केन्द्रित गर्यो। आवश्यक परेमा मात्र न्यूनतम बल प्रयोग गर्ने नीतिले सेनाको मानव–केन्द्रित दृष्टिकोण र राष्ट्रिय जिम्मेवारीप्रति निष्ठा स्पष्ट पारेको छ।
बरमझियाको पेडाको बिम्ब ठ्याक्कै नेपालको जेनजीहरूसँग मिल्दो छ। २४ घण्टामै सत्ता पल्टाउने नेपालका जेनजीहरू पनि कोही पनि नक्कली होइन, कोही असली हुन्, कोही सक्कली, कोही अलि पुराना हुन्, कोही खुद जेनजी हुन्। यति मात्र होइन, कोही जेनजी आमाको हत्या गर्ने, कोही विभिन्न कसुरका अभियुक्त, कोही लागुऔषधका दुर्व्यसनी मात्र होइन, कोही हाइज्याकरसम्म छन्। कोही त भदौ २३ र २४ गते सडकमा नै ननिस्किएका, कोही कांग्रेस, एमाले र माओवादी हुँदै खाओवादीसम्म बनेर सेवासुविधा कुम्ल्याइसकेकाहरू अहिले जेनजीको नाममा उपल्लो दर्जाका नागरिक भइटोपलेका छन् ।
युवापुस्ताले नेतृत्व गरेको राजनीतिक आन्दोलन र अन्तरिम सरकार गठनसँगै नेपाल अहिले कूटनीति र सुरक्षा नीतिको संवेदनशील मोडमा पुगेको छ। विश्लेषकहरूको भनाइमा, यस्तो अवस्थामा परराष्ट्र मन्त्रालयको नेतृत्व गर्न निष्पक्ष, रणनीतिक दृष्टि सम्पन्न र व्यावसायिक परराष्ट्र मन्त्रीको नियुक्ति अपरिहार्य बनेको छ। नेपाल भारत र चीनबीचको भौगोलिक अवस्थिति र अमेरिका, बेलायतसहितका मुलुकहरूसँगको बढ्दो सम्बन्धले गर्दा नेपालले अत्यन्तै सचेत
-सुरेन्द्र सुवेदी नेपालमा हालैको राजनीतिक अस्थिरता र सत्तापरिवर्तनले देशलाई अन्तर्राष्ट्रिय ध्यानको केन्द्र बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने निर्णय गरिएको छ। यो कदम नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण मोडको रूपमा लिइएको छ, किनभने सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला अन्तरिम प्रधानमन्त्री बनेकी छन्। सुशीला कार्की
हुन त जेनी आन्दोलनन सत्ता ढाल्ने योजनाबाट भएकै थिएन । उनीहरु आफ्ना आवाज सडकमार्फत सरकारसम्म पुर्याउन मात्र चाहन्थे । त, परिस्थिति यस्तरी उल्टियो कि सरकारले आफ्नै खुट्टामा बञ्चरो हान्यो । देश सरकारविहीन भयो, दलका नेताहरुको अस्तित्व मेटिन पुग्यो ।
अहिलेको परिस्थितिमा लोकतान्त्रिक निकास के हो भन्ने सवाल अझै खुला छ । आन्दोलनले नयाँ मोड लिएपछि जेनजी पुस्ताले संसद विघटनदेखि अन्तरिम नागरिक सरकारको अवधारणा अघि सारेका छन् ।
जेनजी पुस्ताको अर्काे समूह अकुत सम्पत्तिधारी कूलमान घिसिङलाई सरकारको नेतृत्व दिनु पर्ने पक्षमा देखिन थालेको छ । यो आन्दोलनले दुर्गा प्रसाईँ, कुलमान घिसिङजस्ता विवादित पात्र खोजेको थिएन । तर, समयलाई आफ्नो पक्षमा ढाल्न जस्तोसुकै तिकडम गर्न सक्ने यी पात्र फेरि जुरमुराउन थालेका छन् । तर, यी पात्रको पक्षमा जनाधार वा जनमत पक्कै देखिन्न । त्यसैले कार्कीकै पल्लालाई भारी भन्न सकिन्छ ।
१२ बुँदे दिल्ली सम्झौता र २०७२ को संविधानले राजकीय शक्तिमा नियन्त्रण गर्न सफल आधुनिक लोक्तन्त्रवादी, गणतन्त्रवादी, संघीयवादी, धर्मनिरपेक्षतावादी भनिएको नेपाली कम्युनिष्ट र काँग्रेस पार्टीले झन् कसरी मुलुकलाई सर्वत्र अन्तर्विरोध, असन्तुष्टि तथा शक्ति प्रतिश्पर्धाको अवस्थामा पुर्यो ? काँग्रेस तथा कम्युनिष्टको नेतृत्वमा भएको राज्यको लोक्तान्त्रिकिकरण, संघीयकरण, धर्मनिरपेक्षिकरण, गणतन्त्रकरण कसरी त्यही एतिहासिक महाभुलको सृंखला भित्रको अनपेक्षित घट्ना सावित भयो र आज परिस्थित झन गम्भिर हुँदो भयो । किन आज उनीहरु सर्वत्र अस्विकृत भए ? उनिहरुको कार्यबाट सिर्जित आन्तरिक तथा वाह्य अन्तर्विरोध, असन्तुष्टि तथा शक्ति प्रतिस्पर्धालाई हेरौं ।
आजको व्यवस्था जसलाई “संघिय लोक्तान्त्रिक गणतन्त्र” भनियो, यो सारत्व सितयुद्ध १९४५ –१९९० कालीन परिकल्पना हो, जहाँ भौगोलिक रुपमा उत्तर एट्लाण्टिक केन्द्रित पस्चिमी ज्ञानोदयबाट सृजित एकातर्फ सोभियत रुस नेत्रित्वको साम्यवादी शक्ति र अर्कोतर्फ अमेरिका नेतृत्वको पूँजिवादी शक्तिबीचको प्रतिस्पर्धा थियो । यो प्रतिस्पर्धा यति विशाल र प्रभावशाली थियो कि, त्यसले कुनै समयका विश्व शक्ति एशियाका महान चीन र विशाल भारतसमेत गरि प“रै विश्वलाई आआफ्नो वैचारिक सामारिक आर्थिक प्रभावमा विभाजित गरायो । त्यो बेला नेपालले तेस्रो असंलग्न आन्दोलनको धारमा उभ्यायो तर, यो औपचारिकतामा मात्र ;ीमित थियो असंलग्न आन्दोलन नैतिक नेतृत्वको बारेमा थियो, तर त्यसअन्तर्गत यसको भौतिक आधार थिएन । देश प“रै पूँजिवादी लोक्तन्त्र,संवैधानिक राजतन्त्र सहितको र साम्यवादी गणतन्त्रबीच बिभाजित थियो ।
मिडिया हाउसहरूले आफ्नो समाचार प्रचार प्रसारमा सामाजिक सञ्जालमा अत्यधिक निर्भरता देखाएका छन् । समाचार प्रकाशित भएलगत्तै फेसबुकमा सेयर हुन्छ, युट्युबमा भिडियो अपलोड हुन्छ, टिकटकमा छोटकरी क्लिप बनाइन्छ, र ट्विटरमार्फत बहस सुरु हुन्छ । यस्तो श्रृंखला बन्द हुँदा समाचारको पहुँच तुरुन्त घट्छ । डिजिटल विज्ञापनमा यसको प्रभाव विशाल छ । आजका अधिकांश मिडिया हाउसहरूले फेसबुक, युट्युब, इन्स्टाग्राममार्फत लाखौं भ्यु ल्याएर विज्ञापनदातालाई आकर्षित गर्छन् । सामाजिक सञ्जाल बन्द भएमा मिडियाको वित्तीय अवस्था कमजोर हुने र पत्रकारको रोजगारी गुम्ने जोखिम बढ्नेछ ।
नेपाल यस्तो देश बनेको छ, जसलाई सबैतिरबाट अक्रान्त बनाइएको छ । राजतन्त्र, प्रजातन्त्र हुँदै आज गणतन्त्रसम्म आइपुग्दा शासन प्रणालीमा नाम फेरिएको मात्र छ, तर शैली र तौरतरिकामा खासै परिवर्तन भएको देखिँदैन । केवल पात्र फेरिएका छन् । जुकाझैँ चिप्किएका मानिसहरू अझै जुरमुराइरहेका छन् । खाने मुख र खुवाउने हात बदलिएका छन्, तर प्रवृत्ति उही छ
नेपालको पश्चिमोत्तर सिमाना—लिम्पियाधुरा, लिपुलेक र कालापानी—केवल भूगोलका रेखाचित्र मात्र होइनन्, यी नेपाली सार्वभौमिकताको गहिरो प्रतीक हुन्। इतिहास, भूगोल, संस्कृति र कानुनी प्रमाणहरूले निरन्तर देखाइरहेका छन् कि यी भूभाग नेपालकै हिस्सा हुन्। तर हालै भारत र चीनबीच लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने समझदारीले नेपालका सिमाना र स्वाधीनताको विषयलाई फेरि अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्याएको छ। सन्
भ्लगमा जुम्लाको माहोल हेर्दा अब जनताको चाहना भनेको गणतन्त्रका ठेकेदारहरुलाई किनारा लगाउन हृदयेन्द्रजस्ता अवोध युवाको आवश्यकता छ। जसले देश चिनोस्, नेपाली चिनोस्। जुम्लाजस्तै देशका अन्य ७६ जिल्लामा पनि अब हृदयेन्द्र पुग्नुपर्छ, या उनलाई देशाटन गराउनुपर्छ। यसबाट भ्रष्टाचार र अनियमिततामा डुबेका नेता, कर्मचारीदेखि बिचौलियासम्मको मुटुमा धड्कनको चाप बढोस्। उनी देशाटनमा निस्किए भने नेपालको राजनीतिक माहोल नै परिवर्तन हुने देखिन्छ। अरु केही नभए पनि दरबारमा राम्रा मानिस पनि जन्मने रहेछन् भन्ने नेपालीले जानकारी पाउनेछन्।
पछिल्ला केही महिनाहरूमा नेपालका अनलाइन प्लेटफर्महरूमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स– एआई) ले तहल्का मच्चाएको खबरहरू देखा पर्न थालेका छन्। लेख, तस्वीर र संगीत सिर्जना गर्ने आधुनिक एआई मोडलहरूले मानिसहरूको ध्यान खिच्न सफल भएका छन्। तर, के वास्तवमै एआई मानव दिमाग भन्दा छिटो काम गर्न थालेको छ, भन्ने प्रश्नले धेरैलाई चकित पारेको छ। एआई भनेको कम्प्युटरमा
नेपालमा कूटनीतिलाई त्यति महत्त्व दिएको पाइन्न । अन्य देशको तुलनामा नेपालको कुटनीति कमजोर रहेको चर्चा चलिरहन्छ । नेपालको कूटनीति असफल भएकै कारण भारतले लगाएको अघोषित नाकाबन्दी हटाउन नेपाली सेना अघि बढ्नु परेको धेरैलाई जानकारी नै छ । छिल्लो समय देशमा नेपाली सेनाले सैन्य कूटनीतिअन्तर्गत विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सेनाले सैनिक