२०० बेड भएको सेन्टरमा बिरामीको चाप बढी भएकोले बेडको अभाव छ । आधुनिक उपकरण, औषधि तथा अन्य सामाग्री खरिदका लागि बजेट पर्याप्त छैन । विशेषज्ञ चिकित्सकहरु न्यूरोसर्जन, कार्डियोलोजिष्ट, साइकाट्रिक्स, पेडियाट्रिक, अप्थल्मोलोजिष्टहरुको संख्या न्यून/अभाव रहेकोले उपचारमा समस्या भइरहेको छ । विरामीहरुको अत्यधिक चाप बढेता पनि आईसीयू वेड विस्तार गर्न सकिएको छैन भने अत्यधिक कार्यभार, अपर्याप्त वेतन र पदोन्नतिको अवसरसीमित रहेको छ । स्वास्थ्यकर्मीहरु बिदेश पलायनको प्रवृत्ति बढ्दो दरमा छ । देशभरि राम्रो रेफरल प्रणाली नभएकोले साना अस्पतालबाट गम्भीर बिरामीहरू मात्रै होइन, साधारण अवस्था भएका बिरामीहरू पनि सेन्टरमा आइपुग्ने भएको चाप वढ्दै गएको देखिन्छ । विमा दावी भुक्तानी समयमा नहुदाँ आवश्यक सामाग्री खरिद तथा जनशक्ति व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको हामीले महसुस गर्दै आएका छौ ।
थलकुमार लिङ्खा नेपाली कांग्रेस संखुवासभाबाट २०५७ देखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आउनु भएको छ । हालको धर्मदेवि नगरपालिका– ४, साबिकको माम्लिङ– ४ का बासिन्दा लिङ्खालाई जन्मजात कांग्रेस भन्दा फरक पर्दैन । लोकमान र पूर्णकुमारीका छोरा थलकुमारले गाउँकै माम्लिङको विद्यालयबाट पठानपाठन सुरु गर्नु भयो । मादिबाट एसएलसी र त्यसपछि धरानको हात्तिसार अनि विराटनगरबाट उच्च शिक्षा लिनु भयो ।
२०३५ को विद्यार्थी आन्दोलनमा सक्रियता जनाउँदै नेपाल विद्यार्थी संघमा आवद्ध हुनु भयो । २०३८ मा नेविसंघ, संखुवासभाको सचिव, त्यसपछि नेविसंघकै सुनसरी जिल्लाको सभापति हुँदै २०४८ मा नेविसंघको केन्द्रीय सदस्य बन्नु भयो ।
मेलम्चीको बाढी, सोलुखम्बुको थोमेमा हिउँ पहिरोबाट आएको बाढी, संखुवासभा र पाँचथरमा हेवाखोलाले मच्चाएको बितण्डा, मनाङ र मुस्ताङको कागबेनीमा आएको बाढीमात्र होइन यस वर्षा यामको सुरुमा रसुवामा भएको अप्रत्यासित लेदोसहित बाढीलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
त्यसैगरी यस वर्ष इलाममा आरीघोप्टे पानी परेर बाढी र पहिरोले अत्याधिक धनजनको क्षति पुर्यायो । पोहोर असोज १० र ११ गते र यस वर्ष असोज १७ र १८ गते परेको अविरल वर्षाले काठमाडौं उपत्यकामा समेत डुवानले तहसनहस पारेको थियो । त्यसैगरी यस वर्ष तराईमा धान खेतीको समयमा परेको खडेरी र धान थन्क्याउने बेला कात्तिक १२ देखि १५ गतेसम्मको बेमौसमी वर्षाले कृषि क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको देखिन्छ ।
साहित्यका विविध विधामा देश कता छ, भनेर भन्न त म जान्दिनँ । यो प्रश्नको सही जवाफ चाहिँ यही बिषयमा अनुसन्धान गर्नेले दिन सक्छन् ।
तर अहिले थुप्रै निजी प्रकाशनगृहले साहित्यिक कृति छापिरहने र थुप्रै लेखक लेखिरहनु भएको चाहिँ पक्कै हो । निजीले छापिरहेका छन् । पढ्नेले पढिरहेका छन्, भन्न सकिन्छ । त्यसो हुँदा साहित्यका विविध विधाका पुस्तक बजारभरि छन् । पहिलाजस्तो विदेशी लेखकका कृतिको मात्र भर पर्नुपर्दैन । विधागत रुचीअनुसार छानीछानी नेपाली लेखकका पुस्तक पढ्न पाइन्छ । यसरी साहित्यका तर्फबाट हेर्दा अलिक आशा लाग्ने अवस्था बन्दैछ ।
२०३८ सालमा तत्कालीन राजा वीरेन्द्रले पाँचथर, इलाम, झापा, तेह्रथुम र धनकुटालाई चिया उत्पादन क्षेत्र घोषणा गरेर विशेष कार्यक्रम लागू गरिएको थियो । जसमा सहुलियत र दीर्घकालीन ऋणको सुविधा दिइएको थियो । चिया खेतीमा सहुलियत पाएपछि कृषकहरु आकर्षित भएर यसको खेतीतर्फ होमिएका थिए । २०४८ पछि सरकारले उदार अर्थतन्त्रको नाममा यो कार्यक्रमलाई अन्तय गर्दै गयो । त्यसपछि ती ५ जिल्लामा नयाँ चिया उद्योग स्थापना हुन सकेका छैनन् । स्थापना भएका उद्योगहरु मध्य र पश्चिम नेपालमा सीमित भएका छन् । अहिले पूर्वका ११ जिल्लामा ब्यवसायिक चिया खेती हुने गरेको छ । र, पश्चिममा बाग्लुङ जिल्लासम्म विस्तार भएको छ । केही कृषकले सौखको रुपमा चिया रोपेको पाइन्छ । व्यवसायिक रुपमा यसको खेती गर्नेको संख्या पछिल्लो समय अति कम छ ।
राजनीतिक अभिष्ट आफू बन्ने र आफ्ना गुट बनाउनेतर्फ आकर्षित भयो । पार्टी बनाउने तथा देश बनाउनेतर्फ भएन ।
पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्र निर्माण, वैचारिक नेतृत्व बनाउने कुरा उठेको पाइन्न । यो तल्ला समितिदेखि केन्द्रीय समितिसम्म कायम छ । वैचारिक नेतृत्व निर्माण गर्ने पाटाहरुलाई भत्काइएको छ ।
अमेरिकाको उद्यमशीलता ‘इकोसिस्टम’ले पनि मलाई लोभ्याएको हो। नवप्रवर्तन ९स्टार्टअप०लाई प्रोत्साहन गर्ने उद्यमशीलतामैत्री कानुनलगायतका कारण पनि यहाँको वातावरणसँग नेपालीहरू लोभिन्छन्। लघु व्यवसाय सहायता ९एसबीए० मार्फत प्रारम्भिक चरणमै काठको तरबार बोकेर पनि ठूला बजारमा पस्न सकिने अवसर छ। पारदर्शी कानुनी संरचना छ। श्रमको सम्मान छ। रोजगारीका लागि समान अवसर छ। मेहनत गर्ने व्यक्तिलाई उपलब्धिमा रूपान्तरण गर्ने वातावरण छ। व्यवसाय सञ्चालन गर्दा कर अनुपालन, दायित्व संरक्षण र बौद्धिक सम्पत्ति संरक्षण (प्याटेन्ट, ट्रेडमार्क) जस्ता उपकरण सुलभ छन्।
हाम्रो पालिकाको मुख्य समस्या भनेको सडक र खानेपानी हो । सडकको ट्याक ओपन भएको छ, तर त्यसलाई स्तरवृद्धि गर्न सकिएको छैन । पालिकाभर भएर बेरिएको इन्द्र कुलुङ चक्रपथ ६३ किलोमिटर लामो छ । यो सडक कालोपत्रे गर्नुपर्ने छ । तर, सरकारले जम्मा ३० करोड रुपैयाँमात्र दिएको छ । यो रकमले बढीमा ६ किलोमिटर सडक कालोपत्रे होला । बाँकी ५७ किलोमिटरका लागि बजेट छैन ।खानेपानीमा १, ४ र ५ वडामा समस्या छ । पानीको मूल भएर पनि बजेट नभएर नागरिकलाई स्वच्छ र निरन्तर पानीको आपूर्ति गर्न सकिएको छैन । पालिकाको थोरै बजेटले केही पाइप खरिद गर्दै धारा जडान गरेपनि त्यो पर्याप्त नहुँदा समस्या छ । अन्य क्षेत्रमा पनि सानातिना समस्या छन् । तर ती स्थानीय सरकारले समाधान गर्न सक्छ, समय भने लाग्छ ।
छन् । देशमा खेलकुदको राम्रो विकास गर्ने हो भने खेलाडीलाई खेलकुदमन्त्री बनाउने, खेल बुझेका व्यक्तिलाई खेलकुद परिषद्को नेतृत्वमा पठाउने, खेलकुदका लागि पर्याप्त बजेटको व्यवस्था गर्नेजस्ता काम गर्नैपर्छ । यसो गरेको खण्डमा देशमा खेलकुदको समुचित विकास हुन्छ । भागबण्डामा खेलकुद क्षेत्रमा नियुक्ति गर्ने परम्परा हटाउन सक्नु पर्छ ।
स्याटलाटमा विभिन्न किसिमका सेन्सर जडान गरी जमिनको सतहको अवस्था मापन गर्ने र त्यसको प्रेसेस गरिसकेपश्चात प्राप्त इमेज स्याटलाइट इमेज हो । नेपालमा मौसम मापन गर्ने आफ्नै स्याटलाइट छैन । जापान, भारत र चीनसमेतका देशहरुले राखेको स्याटलाइटबाट प्राप्त इमेज हेरेर मौसम विश्लेषण गरिन्छ । विभिन्न प्राकारका च्यानल हेर्दै धेरै प्रकारको बादलको अवस्था, मौसमको अवस्था, कुन प्रणाली कताबाट कता जाँदै छ रु भन्नेलगायतका कुराहरु जान्न सकिन्छ ।