-बाबुकृष्ण कार्की /काठमाडौं
नाम नारा नसा –विकास विकास
काम र परिणाम – विनाश नै विनाश
पोहोर साल
राजधानी केन्द्रित
बागमती केन्द्रित
विपद
दोष जति प्रकृतिलाई
जलवायु परिवर्तनलाई
यो साल
इलाम केन्द्रित
पूर्वी नेपाल केन्द्रित
विपद
दोष फेरि प्रकृति र जलवायुलाई
प्रकृति उत्खनन्, दोहन, विनाश कहिलेसम्म
प्रकृति मिच्ने, हडप्ने, बेच्ने, जित्ने कहिलेसम्म
मान्छे पानीमाथिको ओभानो कहिलेसम्म
खोइ प्रकृति अधिकारकर्मी ?
खोइ प्रकृति सञ्चारकर्मी ??
प्रतिक्रिया दिनुहोस्