– रघु भण्डारी
माता महाकालीको सिरानी, अनि महान मैची तर्फ तिम्रा कोमल पाउ ।
निश्चिन्त अनि निश्चल तिम्रो सयेन्लाई बिश्राउने मन त थिएन आमा ।।
तर, छिया छिया भएको हृदय अनि वेदनाले भरिएको शरीर लिएर कहाँ कहाँ जाउँ ?
बाहिरी र भित्रि अनि देखिने र नदेखिने दैत्यहरु मिलेर खोल्ने खोजी सके तिम्रो जामा ।।
हुन् तिम्रै सन्तान हौं हामी सबै, तै पनि त्यो कसको ? यो कसको ?
त्यो कताको ? यो कताको ? बिभेद नै बिभेद र फुट नै फुट छ ।
यति सुन्दर तिम्रो काखमा जन्म लिएर पनि, किन हो किन ?
जीवन त सम्बन्ध रस बिनाको फल भयो हेर्दै ठिकै अभाव र पिडाले भरिएको झुट्ठ छ ।।
न त मसँग झोला छ, सत्य, निष्ठा, नैतिकता सत्कर्म बन्द गरेर राख्नलाई ।
न त मँंग खोला छ, त्यही झोलामा भरेर भविष्यको फल चाख्नलाई ।।
सबैतिर भ्रष्टचारी आचरणहनि कुकर्मी दलालहरुको दबदबा छ ।
गुण्डा, नाइक,े डन, बिचौलिया, दलाल अनि तस्करहरुको लस्कर छ ।।
अब त न्याय दिन उठ आमा, धेरै ढिला भै सक्यो ।
राष्ट्रियता त कुनि के हो ? राष्ट्र नै जान लागिसक्यो ।।
अब पनि नउठ्ने आमा तिमी बलात्कार भएको टुलुटुलु हेर्दै ।
हामी बेसहारा अनि टुहुरो हुने बेला आईसक्यो ।
आमा ! हामी टुहुरो हुने बेला आईसक्यो ।। जय मातृभूमि ।।
प्रतिक्रिया दिनुहोस्