पाँचथरका युवा मधुराज केरुङले सम्भवतः नेपालमै पहिलो लिम्बू जातिको लोक साहित्यमा विद्यावारिधि गर्नु भएको छ । ‘लिम्बू लोक पद्यमा रस विधान’ विषयमा केरुङले विद्यावारिधि गर्नु भएको हो ।
२०७७ बाट विद्यावारिधिका लागि खोज तथा अनुसन्धानमा सक्रिय मधुराजलाई नेपाल संस्कृत विश्वविद्यालयले दुई दिनअघि उपाधि दिएको हो । ‘यो विषयमा विद्यावारिधि गर्ने म नै पहिलो हुँ, यसअघि यस्तो विषयमा कसैले पनि विद्यावारिधि गरको छैन ।’– केरुङले भन्नु भएको छ । उहाँ पाँचथर सदरमुकाममा रहेको क्याम्पसमा अध्यापन गर्दै आउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्