– रघु भण्डारी
व्यापक भ्रष्टाचार र कुशासन ले जन्म्यो जेनजी आन्दोलन।
विनाश र हानी नोक्सानीको साथ संसद र सरकार नै विघटन।।
हाती आयो फुस्सा नहोला (कविता)
व्यापक भ्रष्टाचार र कुशासन ले जन्म्यो जेनजी आन्दोलन।
विनाश र हानी नोक्सानीको साथ संसद र सरकार नै विघटन।।
अस्थायी परिस्थिति र परिपाटीको निर्वाचन।
शान्ति सुरक्षामा चुनौती थपिपला कि झन् झन् ??
खर्च गरेर नै चुनाव जित्ने प्रणाली भएसम्म।
मतदाताको चेतनाको स्तर पनि यही रहेसम्म।।
एकमना सरकार नबने लगभग सुनिश्चित हुनेछ।
मन्त्री र सांसद खरीद बिक्रिकर्ता बिचौलिया कै जीत हुनेछ।।
त्यसपछि ८ वटा सरकार बनेर ढल्नेक्रममै व्यस्तता ।
अनि देश नचाहनेहरू भोटका लागि नोट जम्मा गर्नै मस्त।
यस्तो देशलाई लाग्दैजान्छ थप रोग ब्याध र चुनौती।
अनि भनिदेउन नेपाली जन
कस्तो होला त सुरक्षा चुनौती ?
आशा गरौँ,
सबैले बुझौँ हामी अनि त नेपाली।
सन्तुष्टि खोजौँ यिनैको कहाँ राष्ट्रलाई उचाली।
माया र प्रेम सद्भाव बढोस् सबैको मनमा।
सुख र शान्ति समृद्धि छाओस् नेपाली जनमा।।
सबको कल्याण होस् जय मातृभूमि।।
प्रतिक्रिया दिनुहोस्