Advertisement GIF
Reporter Image
नेपाल प्रशासन
मंसिर ११ बुधबार, ७:०८ अपराह्न
पर्यटक लुट्ने १३ जना ठमेलबाट पक्राउ

राजधानीको ठमेलमा पर्यटकलाई लुटपाट गर्ने १३ जना पक्राऊ परेका छन् । पक्राउ पर्नेमा काभ्रे, बाजुरा, तनहुँ, सिन्धुली, सर्लाही, सुनसरी, दोलखा, रामेछाप, गोरखा, बाँके र दाङका रहेको प्रहरीले जनाएको छ ।

 

काभ्रेको मण्डनदेउपुर– ५का १९ वर्षीय बादल तामाङ, बाजुराको बडिमालिका– ४ का २२ वर्षीय गणेशनाथ, तनहुँ बन्दिपुर–३का २४ वर्षीय विशाल थापा मगर, सिन्धुलीको दुधौली–६ का २० वर्षीय गणेश तामाङ, सर्लाहीको बाग्मती– २ का १९ वर्षीय सागर मगर र सुनसरी इटहरी– २१ का २२ वर्षीय रमेश क्षेत्री रहेका छन् ।

यस्तै दोलखा१९वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, गोरखाका २२ वर्षीय बिवश खनखवास, बाँकेका २३ वर्षीय अभिषेक थापासमेत रहेको प्रहरीले जनाएको छ । उनीहरुबिरुद्ध चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।