राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आवद्ध चार जनाले आचरणविरुद्ध कृयाकलाप गरेको भन्दै निस्कासन गरिएको छ । दुर्गा प्रसाईं नेतृत्वको यो महाअभियानमा लागेर चन्दा असुली गर्ने चार जना कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्नेहरूमा नागरिक बचाउ महाअभियान नेपालका सचिवालय सदस्य, युवा तथा खेलकुद विभाग संयोजक विष्णुजङ्ग बस्नेत, केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहोरा रहेका छन् । उनीहरूलाई सबै जिम्मेवारीहरूबाट हटाई निष्काशन गरिएको छ ।
विज्ञप्ति जारी गर्दै सचिवालय सदस्य ओमप्रकाश लुइँटेल र केन्द्रीय सदस्य तथा मेची अञ्चल सहसंयोजक प्रकाश उप्रेतीलाई पनि सबै जिम्मेवारीहरूबाट हटाई निलम्बन गरिएको प्रसाईं नेतृत्वको महाअभियानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्