आज (शुक्रबार) गृहमन्त्री ओमप्रकाश अर्याल र राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं समूहबीच भएको वार्ता निक्कै सकारात्मक भएको छ ।
वार्तामा सरकारी पक्षले हिन्दु राष्ट्र, राज संस्था पुनस्र्थापनाका लागि जनमत संग्रहमा जाने विषयलाई सकारात्मक रुपमा लिएको संयोजक प्रसाईँले बताउनु भयो । यही मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्की र महाअभियानका संयोजक प्रसाईँबीच वार्ता हुने भएको छ । वार्ता जनमत संग्रहको विषयमा केन्द्र्रीत हुने बुझएको छ ।
आजको वार्तामा कारागारमा रहेका कैदी बन्दी, प्रहरी हिरासतको थुनुवासमेतलाई दैनिक रासन ९६ रुपैयाँबाट बढाएर २ सय रुपैयाँ पुर्याउने, निजामति तथा सुरक्षाकर्मीहरुको मासिक तलवमा २० हजार रुपैयाँ वृद्धि गर्ने, कवाडी तथा सुकुम्बासीलाई तत्काल नहटाउने, हटाउन खोजेमा नगरपालिकाहरु नै जवाफदेही हुने र नहटाउन सुरक्षाकर्मी परिचालनसमेत गरिने, वैंकहरुले जारी गरेको कालो सूची हटाउनेजस्ता सहमति भएका छन् ।
यस्तै वैंक तथा लघुवित्त पीडितहरुका लागि कति सकिन्छ, त्यसको अध्ययन गरेर ऋण मिनाहा गर्नसमेत सरकार सकारात्मक देखिएको संयोजक प्रसाईँले नेपाल प्रशासनलाई बताउनुभ यो ।
प्रतिक्रिया दिनुहोस्