Advertisement GIF
Reporter Image
नेपाल प्रशासन
मंसिर १३ शनिबार, ७:०५ अपराह्न
बन्यो ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज’

ग्रेटर नेपालका अभियन्ता फडिन्द्र नेपालको अध्यक्षतामा ‘राष्ट्रिय स्वतन्त्र नागरिक समाज– नेपाल’ स्थापना भएको छ ।

दर्जनौं नागरिक समाज नामका संस्था रहेको समयमा कुनै पार्टीप्रति आवद्ध नरहेका स्वतन्त्र व्यक्तिहरुबाट यो समाज बनेको भनिएको छ । समाजमा उपाध्यक्ष डा रणबहादुर चन्द, महासचिव परवीर नेपाल (प्रविण), कोषाध्यक्ष संजय झा र सचिव उजीर किराँती रहनु भएको छ ।

समाजको सचिवालय सदस्यहरुमा नारायण पोखरेल, अंकिता ढुङ्गेल, मिना पाख्रिन, रोशन मैनाली, सिन्धुजलेसा बुढाथोकी, लक्ष्मीप्रसाद दहाल, अर्जुन प्रसाई र रोहितजंग राणा रहनु भएको छ ।

समाजले बग्रेल्ती खोलिएका नागरिक समाजभन्दा पृथक रहेर नागरिकका आवाज उठाउने र यसको सञ्जाल पालिकाका वडासम्म विस्तार गर्ने उपाध्यक्ष डा चन्दले बताउनु भयो । उहाँले भन्नुभयो,- ‘हामी तत्कालै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका समितिहरु सार्वजनिक गर्दैछौं ।’