Advertisement GIF
Reporter Image
नेपाल प्रशासन
मंसिर १३ शनिबार, ९:०७ अपराह्न
धुर्मुसको रुवाइमा किन डराइन् रेणु

देशले नै आँट गर्न नसकेको तीन चार करोड होइन तीन चार अर्ब रूपैयाँसम्म लाग्ने क्रिकेट रंगशालाको महत्वकांक्षी सपनाले कलाकार सीताराम कट्टेल धुर्मुसको हालत खराब गरिदिएको छ । भूकम्पपछि काभ्रे र महोत्तरीमा केही नमूना बस्ती बनाएर हौसिएका धुर्मुसमा अर्बौको प्रोजेक्ट बनाउने भूत सवार भयो । ‘बुझ्नु न सुझ्नु उसै उसै कुद्नु’ शैलीमा चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशाला बनाउने यही अस्वाभाविक महत्वकांक्षाले हालत खराब भएको हो ।

सँगैका जोडी केदार घिमिरे ‘माग्नेबुढा’ आफूले जानेको कर्ममा जमेर बसेका छन् । अर्थात् कलाकारितामै रमेका छन् । ठूलो महत्वकांक्षा पलाएन । तर धुर्मुसले थालेको क्रिकेट रंगशालाको कहानीले भने उनलाई मानसिक रूपमा कमजोर त बनायो नै बदनामीबाट पनि उम्किन सकेका छैनन् ।

माघमा धुर्मुसले आफ्नै अति आत्मविश्वास, उग्र समर्थकको उक्साहट, केपी ओली, प्रचण्डसहितका नेताको प्रत्यक्ष ढाडससहित ठूलो योजनामा हात हाले । चितवन महानगरपालिकासँग सम्झौता गरेर हौसिए । त्यसअघिदेखि उनलाई आफ्नै नाममा खोलिएको धुर्मुस सुन्तली फाउण्डेसनले पनि ठूलै राहत दिने अभिलाषा थियो । रेणु दाहालसँग सम्झौता गरेपछि यो महत्वाकांक्षी योजना डुब्दैन भन्नेमा प्रष्ट थिए ।

रंगशाला निर्माणका लागि धनधान्याचल महायज्ञ पनि लगाए । त्यसमा ६९ करोड रूपैयाँ संकलनको कबोल भयो । शुरुशुरुमा केही ठेकेदार र व्यवसायीले दुई÷चार टिप, गिट्टी, बालुवाजस्ता सामग्री निःशुल्क सहयोग गरिदिए । तर त्यहीबीच कोभिडको असर आयो र कबोलको पैसामा जम्मा ९ करोड मात्रै उठ्यो । ठूलो रकम कबोल भएकोले धुर्मुसले ठूलो भोल्युममा निर्माण सामग्री उधारोमा उठाउँदै काम अगाडि बढाए । तर अपेक्षित पैसा उठेन । कोभिडको असर झन् बढ्दै गयो ।

यसैले हात उठाउँदै पाँच वर्षअगाडि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई दिए । १८ करोड ४३ लाख ऋण भएको हिसाब देखाए । फाउण्डेसनले आर्थिक अनियमितता गरेका प्रश्न उठे । छानबिन पनि भयो । यथेष्ट प्रमाण नभेटिएपछि तामेलीमा राखियो । धुर्मुसले हात झिक्नुअघि सरकारले पुल्चोक इञ्जिनियरिङ अध्ययन संस्थानलाई मूल्यांकन गर्न तोकेको थियो । जहाँबाट १५ करोड बराबरको काम भएको ठहर गरियो । गत जेठमा अर्थमन्त्री विष्णु पौडेलले तिमीहरू डुब्यौं भनेर १५ करोड रूपैयाँको बजेट सुनिश्चितता गरिदिएकोसमेत अर्थ मन्त्रालय स्रोत बताउँछ ।

धुर्मुस–सुन्तलीले उधारोमा सामान लिएर तिर्न सकेनछन् । ओली सरकारको पालामा त्यो परियोजना अलपत्र पर्‍यो, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘जेठ १५ गते बजेट आउने बेला, तिमीलाई साह्रै गाह्रो भयो, ऋणमा डुब्यौ, यो रंगशाला नगरपालिकाले लिने, उसैले तिर्ने भनेर बजेटमा १५ करोड रूपैयाँ राखियो ।’ सो पैसाको अख्तियारी गत साउन १ गतेबाटै गएको बुझिएको छ । अर्थ स्रोतले भन्यो, ‘भरतपुर नगरपालिकाले पहिलेको सरकार भएको भए भुक्तानी दिन्थ्यो होला १ अहिले डर भयो कि, स्वार्थ भयो कि थाहा भएन ।’

धुर्मुसले धेरै रोइकराइ गरेपछि मेयर रेणुले फोन गर्दा अर्थमन्त्री रामेश्वर खनालले भुक्तानी गर्ने नगरपालिकाले हो । त्यहाँ यहाँबाट बजेट गइसकेको छ । अर्थ मन्त्रालयले पठाएको बजेट कसरी खर्च गर्ने भनेर निर्देशन दिन मिल्दैन भन्ने जानकारी दिएका थिए । त्यसपछि रेणुले लेखा प्रमुखलाई बुझाइदिनुपर्‍यो भन्दै फोन दिएकी थिइन् अर्थमन्त्रीले ‘जसले काम गर्‍यो उसैले भुक्तानी दिने हो भनेका थिए ।

लेखा प्रमुखले बजेट र पैसा दुइटै आएको छ भन्ने जवाफ दिएकोमा ‘दुइटै आएको भए यहाँ किन सोध्नुपर्‍यो त रु’ भन्दै अर्थमन्त्रीले फोन राखेको स्रोत बताउँछ । यताबाट उता देखाएपछि धुर्मुस मानसिक समस्यामा परेँ, अब आत्मदाह गर्न मात्रै बाँकी छ भन्दै हिँडेको अवस्था छ ।

–जनआस्थाबाट