पूर्व राजा ज्ञानेन्द्र शाह बस्ने बालाजु क्षेत्रको रत्नचुँडेश्वर महादेव मन्दिरबाट मूर्तिहरु गायव भएका छन् । काठमाडौं महानगरपालिका– १६, बालाजु बाइसधारामा रहेको मन्दिरबाट तीन दिनअघि राति घण्टी, विक्रम सम्बत् १९२५ को शीलालेख, ठूलो घण्टी, पञ्चायन पूजा गर्ने मूर्ति, विष्णु भगवानको मूर्तिसमेत चोरी भएको मन्दिरका पुजारी नवराज गिरीले बताउनु भयो ।
पुजारी गिरीका अनु्सार चोरीको घटनाको बालाजु प्रहरीमा जाहेरी दिइएको छ । साथै गुठी संस्थान, त्रिपुरेश्वरमा पनि जानकारी दिएको पुजारी गिरी बताउनु हुन्छ ।
यो मन्दिरबाट बसाहा, चन्द्रसूर्य अंकित ढुंगाका प्लेट, शिवलिङ्ग, गणेशका मूर्तिहरु पनि चोरिएको प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

चोरिएको शीलालेख
प्रतिक्रिया दिनुहोस्