आफ्नै र्याप र इन्जिनियरिङ पृष्ठभूमिमा उभिएर परिवर्तनको प्रतीक बनेका काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहको राजनीतिक छवि पछिल्ला दिनमा क्रमशः ओरालो लागेको देखिन्छ ।
प्रारम्भिक समयमा पारम्परिक दलहरूप्रति वैराग्य राख्ने युवाहरूका लागि उनी ‘नयाँ सोच’ र ‘साहसी नेतृत्व’ का रूपमा स्थापित भएका थिए । तर अहिले उनकै शैली र निर्णयप्रति उठेका विवादहरूले उक्त छविमा चिरा पारेका छन् । र, उनलाई हिजोका दिनमा भगवान सम्झनेहरु अहिले अघोषित रुपमा राक्षससित तुलना गर्न थालेका छन् ।
मेयरका रूपमा निर्वाचित भएपछि शाहले अवैध संरचना भत्काउने, सडकको वरिपरि बसेर सानो पसल थाप्दै गुजारा चलाउने व्यवसायीलाई हटाउने, ढल निकास व्यवस्थापन, सार्वजनिक स्थान सफाइजस्ता कदम उठाए । यस्ता कार्य सुरुवाती चरणमा जनसमर्थनयुक्त देखिए । तर, कार्यान्वयनको तरिका र कानुनी प्रक्रिया नअपनाएको आरोपले उनको नेतृत्वमाथि प्रश्न निरन्तर उठिरह्यो । अधिकारकर्मीहरूले उनलाई “सत्तावादी ढङ्गले शासन गर्ने” र “जनताको आवाज सुन्न अनिच्छुक” भन्दै आलोचना गर्दै आए र आइरहेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय शाहले प्रचारको माध्यमबाट आफ्ना कदमलाई जनतालाई प्रस्तुत गर्ने गरे पनि व्यावहारिक परिणाम र परियोजना प्रगति भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । महानगरको बजेट खर्च, आयोजना कार्यान्वयन र जनसहभागितामा देखिएको कमजोरीले उनको विश्वसनीयता घटाएको विश्लेषकहरूको मत छ ।
स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिक दलको संरचनाबाहिर रहेर नेतृत्व लिएको फाइदा शुरुमै पाए । त्यसै कारण लामो समयका योजनामा संस्थागत सहयोग जुटाउन उनलाई कठिनाइ भइरहेको छ । युवाहरूले उनलाई परिवर्तनको आशा र पारदर्शी नेतृत्वको प्रतीकका रूपमा हेरेका थिए, तर समयसँगै परिणामप्रति असन्तोष बढेको छ ।
सामाजिक सञ्जालमा तिखा अभिव्यक्ति र साहसी शैलीका कारण चर्चा कमाएका शाह अहिले तीव्र आलोचनाका पनि केन्द्र बनेका छन् । निर्णय प्रक्रियामा समावेशीपनको अभाव, विवादास्पद वक्तव्य र व्यवहारले उनको नेतृत्वशैलीमाथि प्रश्न खडा गरेको छ । र, सामाजिक सञ्जालहरुमा उनका काम तथा कारवाहीमाथि दैनिकजसो गलत टिप्पणी भइरहेका छन् ।
यद्यपि शाह अझै पनि धेरै युवाको दृष्टिमा “विकल्पको सम्भावना” बनेकै छन् । त्यसको मुख्य कारण देशमा लामो समय सत्ता चलाएका नेपाली कांग्रेस, एमाले र माओवादी पार्टीका उच्च नेताहरु भ्रष्टाचारको जालोमा बेरिनु । देश भ्रष्टाचारले थिलथिलो बनेको समयमा बालेन आशकाका केन्द्र थिए । तर, त्यो उनको ब्यवाहारले पुष्टि गर्न सकेन । अन्तत ः उनी पनि एमाले, कांग्रेस र माओवादी दलका नेताजस्तै बन्न पुगे । अब उनीबाट धेरै युवाले आशाा गर्न छोडेको पाइन्छ ।
उनीसित विवेक भएमा रक्सीको मात र गाँजाको सर्काेबाट बाहिर निस्किएर महानगरमा नतीजा देखाउने काम गर्नु हो । तर, ‘गँजडी’ उपमा लिन थालिएका बालेनबाट त्यस्तो कल्पना गर्न सक्ने देखिन्न ।
उनको प्रमुख चुनौती प्रचारभन्दा बढी नतिजा देखाउने हो । जनताको सहभागिता र विश्वास पुनःस्थापित गर्न उनले नीति, योजना र व्यवहारमा सन्तुलन कायम गर्नुपर्ने आवश्यकता बढ्दो छ । नत्र, ‘परिवर्तनको प्रतीक’ बनेर सुरु भएको यात्राले ‘निराशाको प्रतीक’ बन्न सक्ने जोखिम देखिएको छ ।
श्रीमति बोकेर हिडेको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गर्दा सिंहदरबार जलाउछु भन्ने, सिंहदरबारमा लगेर फोहोर फ्याँक्ने, मातेको सुरमा टिकटक र फेसबुकमा अन्टसन्ट लेख्ने, मतदाता र शुभेच्छुकसित कहिले पनि भेट नदिने, आफूबाहेक अरुलाई मानिस नै नगन्ने उनका स्वभाव यो साढे २ वर्षको समयमा पुष्टि भइसकेको छ । त्यसैले अब उनीबाट राम्रो काम होला भन्न सकिन्न ।
जेनजी आन्दोलनमा देश नै ध्वस्त हुँदा पनि ‘ताल’ मै रमाएर भूमिगत बसेका उनी अहिले काठमाडौंका जनताको मनबाट बाहिरिएको देखिन्छ । जेनजी आन्दोलन, दक्षिण, पश्चिम, सात समुन्द्रपार वा जसले गराएको भए पनि यसको ‘मास्टर माइण्ड’ बालेन रहेको नेपालीले बुझेका छन् । अनि, त्यो जनताले बुझेको कुरालाई उनीहरुको दिमागबाट हटाउन कठिन नै छ । त्यसैले उनको अबका दिन राम्रा देखिन्नन् । केही युट्युब र अनलाइन पत्रकारलाई पालेर अब उनको साख फर्किने देखिन्न । जे होस्, एक आशलाग्दो युवा नशा र त्यसको ताल अनि घमण्डले खोला कीनारामा छटपटिएको माछोजस्तै हुने भविष्यवाणी गर्न सकिन्छ ।
बालेनले पछिल्लो समय लेखेको स्टाटस ।
बकवास अमेरिका
बकवास भारत
बकवास चीन
बकवास एमाले
बकवास कांग्रेस
बकवास रास्वपा
बकवास राप्रपा
बकवास माओवादी
तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौ ।
यो स्टाटस राति १२ बजेपछि लेखिएको हो । यो स्टाटस लेखेपछि चौतर्फी बिरोध भयो र आधा घण्टामै हटाएका छन् । यो स्टाटसपछि उनको आलोचना यति भइरहेको छ कि त्यसको रेकर्ड राख्न नै असम्भव छ । यस्तै पाराले उनको जीवन भने चलिरहेको नै छ ।
प्रतिक्रिया दिनुहोस्