Advertisement GIF

थलकुमार लिङ्खा नेपाली कांग्रेस संखुवासभाबाट २०५७ देखि निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आउनु भएको छ । हालको धर्मदेवि नगरपालिका– ४, साबिकको माम्लिङ– ४ का बासिन्दा लिङ्खालाई जन्मजात कांग्रेस भन्दा फरक पर्दैन । लोकमान र पूर्णकुमारीका छोरा थलकुमारले गाउँकै माम्लिङको विद्यालयबाट पठानपाठन सुरु गर्नु भयो । मादिबाट एसएलसी र त्यसपछि धरानको हात्तिसार अनि विराटनगरबाट उच्च शिक्षा लिनु भयो ।

२०३५ को विद्यार्थी आन्दोलनमा सक्रियता जनाउँदै नेपाल विद्यार्थी संघमा आवद्ध हुनु भयो । २०३८ मा नेविसंघ, संखुवासभाको सचिव, त्यसपछि नेविसंघकै सुनसरी जिल्लाको सभापति हुँदै २०४८ मा नेविसंघको केन्द्रीय सदस्य बन्नु भयो ।

पार्टीको केन्द्रमा संगठन, प्रचार प्रसार, निर्माण व्यवसायीसमेतका विभागको सदस्य हुँदै जिल्ला पार्टीमा सक्रिय उहाँ २०७० को समानुपातिकको उमेद्वार पनि बन्नु भएको थियो । विद्यार्थी र पार्टी राजनीतिमा सक्रिय रहँदा ६ पटकबढी हिरासत र काराबास बस्नु भएका उहाँसित नेपाली कांग्रेस र भावी योजनालाई लिएर गरिएको छोटो कुराकानीको संपादित अंश ।

नेपाली कांग्रेस पार्टीको पछिल्लो अवस्था कस्तो छ ?
पार्टीको अवस्था नाजुक छ । राम्रो छैन ।

किन नाजुक र राम्रो छैन ?
राष्ट्रियताको सवाल छ । यसको उत्तर पार्टी भित्र खोज्दै छौं । पार्टी भित्र धेरै कुरा अनुत्तरित छन् ।

पार्टी अब कसरी अघि बढ्नु पर्छ ?
पार्टी व्यवस्थापन गर्न जरुरी छ । १५ औं महाधिवेशन छिटो भन्दा छिटो गर्नुपर्छ । पार्टी नेतृत्व, पदाधिकारी, महामन्त्रीहरुले आगामी मंसिर महिनाभित्रै १५ औं महाधिवेशन गर्नुपर्छ ।

मंसिर भित्रै महाधिवेशन गर्न सम्भव छ त ?
पार्टीका क्रियाशील सदस्य ‘अपडेट’ छन् भने सम्भव छ ।

विशेष महाधिबेनको कुरा पनि चल्दै छ त ?
विगत अर्थात एक दुई वर्षअघि गरेको भए हुने थियो । अब बिशेष महाधिवेशनको औचित्य छैन । एक दुई वर्षअघि गरेको भए हुन्थ्यो नि । पार्टी सभापतिको मृत्यु हुनु पर्यो, कि बहुलाउनु पर्यो, त्यस्तो त भएको छैन । त्यसैले पनि नियमित महाधिवेशन मंसिरमै गर्नुपर्छ । महाधिवेशन गर्न नसक्ने हो भने नैतिकताका आधारमा पार्टीका ुसबै पदाधिकारीले राजीनामा दिएर केन्द्रीय समिति भङ्ग गर्दै महाधिवेशन गर्ने समिति गठन गर्नुपर्छ ।

कांग्रेसमा के के सुधार गर्नु पर्ने देख्नु हुन्छ ?
पार्टीमा धेरै सुधार आवश्यक छ । मूल्याङ्कन पद्धतिको अभाव छ । हरेक प्रकारका सुविधाका आधारमा सुविधाभोगी बनिदैछ । पार्टीमा लगानीको मापदण्ड छैन । यी कुराहरु सम्बोधन गरिनुपर्छ ।

पार्टीमा गुट– उपगुट छन् नि ?
गुट गौण कुरा हो । लगानी, अग्रजहरुको क्रम भङ्गता नहुनेगरी ‘योग्य व्यक्तिलाई उचित पद’ लागू गर्न सक्नु पर्छ । पार्टीको आफ्नो पन, मौलिकतालाई बिखण्डन गर्नु हुन्न । अघिल्लो पुस्ताको आत्मसम्मान र पछिल्लो पुस्ताको योग्यता तथा क्षमताअनुसार अघि बढ्नु पर्छ ।

जेनजी आन्दोलनबाट के शिक्षा पाइयो ?
निराशा धेरै छ । बेरोजगारी छ । योग्यता, क्षमताको कदर गरिएको छैन । यी कुरा पार्टीले हेर्नुपर्छ ।

जेनजी आन्दोलनपछि केही परिवर्तन पाउनु भयो ?
केही परिवर्तन देखिएको छैन । परिवर्तन गरिनु पर्छ । जेनजीहरुको ब्याख्या नै आशा, उत्साह, जाँगर, रचनात्मकताका रुपमा ब्याख्या गर्न थालिनु पर्छ ।

आगामी फागुन २१ मा निर्वाचन हुन्छ ?
निर्वाचन हुनुपर्छ । हालकी प्रधानमन्त्री सुशीला कार्कीले अघिसारेको पार्टीका शीर्ष नेताको मुख हेर्दिन, भन्ने बोली सच्याउनु पर्छ । अनि, म प्रजातन्त्रमा विश्वास गर्ने भएकोले निर्वाचन हुनै पर्छ । निर्वाचन हुुनु नै देशको हितमा हुन्छ ।