Reporter Image
नेपाल प्रशासन
मंसिर ३ मंगलबार, ६:३८ अपराह्न
राप्रपा प्रसाईँको पक्षमा : विनाशर्त रिहाइको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ । र, उसले विनाशर्त रिहाइ गर्न पनि माग गरेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले वक्तव्य जारी गर्दै मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक घटना भनेका छन् । राप्रपाले प्रसाईँको पक्राउबाट सरकार फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अप्रजातान्त्रिक र तानाशाही बाटोमा गएको आरोप लगाएको छ ।

प्रसाईँलाई राति १२ बजे पक्राउ गरेकोमा जेनजी भनिने वृद्धहरुको सरकारको चौतर्फी आलोचना भइरहेको छ ।