नेपाली सेना र अमेरिकी सेनाबिच सन् २०१८ बाट सञ्चालन हुँदै आइरहेको NEPAL – US Land Forces Talk (LFT), छैटौँ संस्करणको तीन दिने कार्यक्रम आज मंसिर ०३ गतेबाट जङ्गी अड्डामा शुभारम्भ भएको छ ।
दुई राष्ट्रबिच विश्व शान्ति स्थापना कार्य, मानवीय सहयोग र विपद् प्रतिकार्य लगायतका विषयहरूमा सैनिक अनुभव तथा सहयोग आदान प्रदान हुने उक्त कार्यक्रमका दौरान United States Army Pacific (USARPAC) टिमको नेतृत्व गरी नेपाल आउनु भएका Lieutenant General Scott A. Winter र प्रधानसेनापति अशोकराज सिग्देलबिच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
नेपाली सेनाले पेसागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तान लगायतका विभिन्न मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आई रहेको छ । यस प्रकारका कार्यक्रमहरूले मित्रराष्ट्रका सेनाहरूबिच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्