जेनजी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङले गरेको भ्रष्टाचारविरुद्ध अख्तियार गुहारेको छ । विद्युत प्राधिकरणमा अर्बाै रुपैयाँ घोटाला गरिसकेका घिसिङले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालसित मिलेर ४३ करोड रुपैयाँ भ्रष्टाचार गरेका छन् । यषे प्रकरणको जेनजी मुभमेण्टले छानविका लागि अख्तियारमा उजुरी दिएको मुभमेण्टका प्रवक्ता विजय शाहले बताउनु भयो ।
अख्तियारमा परेको उजुरीमा विद्युत खरिद सम्झौता गर्दा भारतीय कम्पनी पीटीसीसँग बढी मूल्यमा खरिद गरी राज्यलाई करिब ४३ करोड रुपैयाँ नोक्सान पुर्याइएको दावी गरिएको छ । र, यो दावी सत्य भएको भन्दै धेरै सञ्चारमाध्यमहरुले समाचार प्रमाणसहित प्रकाशन गरिरहेका छन् । मुभमेण्टले अख्तियारमा घिसिङ, सिलवाल तथा विद्युत नियमन आयोगविरुद्ध उजुरी दर्ता गराएको जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले जानकारी दिनु भएको छ ।

पछिल्लो समय सरकारमा मन्त्री पदमा रहने र राजनीतिक दल पनि खोल्ने भन्दै भ्रष्टाचारमा मुसिएका घिसिङविरुद्ध चौतर्फी आलोचना भइरहेको छ । तर, उनले मन्त्री पद भने छोडेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्